
काठमाडौँ । बंगलादेशसँग भारत पराजित भएपछि समूह एको उपविजेता एसीसी यू(१९ युथ एशिया कप क्रिकेटको नेपाल सेमिफाइनलमा पुगेको छ ।
पराजयसँगै डिफेन्डिङ च्याम्पियन भारत भने प्रतियोगिताबाट बाहिरिएको छ ।पहिलो खेलमा बंगलादेशसँग दुई विकेटको झिनो अन्तरले पराजित भएको नेपालले त्यसयता दुई खेलमा लगातार जीत निकाल्दै अर्को चरणको यात्रा तय गरेको हो ।
उमेर समूहको एशिया कपमा सबैभन्दा सफल तीन पटकको च्याम्पियन भारत लगातार दुई खेलमा नेपाल र बंगलादेशसँग पराजित भएपछि समूहचरणबाट माथि जान सकेन ।नेपालले दोस्रो खेलमा भारतमाथि १९ रनको ऐतिहासिक जित निकालेको थियो भने आयोजक मलेसियालाई आज ८ विकेटले हराएको थियो ।