२८ कार्तिक २०७४, मंगलवार

मंसिर १ गते बाला चतुर्दशी पर्वलाई ध्यानमा राखेर पशुपति क्षेत्र बिकास कोषले बिशेष सुरक्षाको प्रबन्ध गरेको छ । कोषले तीर्थालुहरुको चापलाई ध्यानमा राखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा शिविर खडा गरि संयुक्त सुरक्षा योजना तयार गरेको छ ।

मंगलबार पशुपति क्षेत्र बिकास कोषद्वारा आयोजित कार्यक्रममा कोषका सह सचिब प्रदिप ढकालले वाला चतुर्दशी पर्वकाबारेमा जानकारी दिनुभएको थियो । उहाँले बिहीबार सांझ दिवंगत आत्मा एवं पित्रिहरुको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दिप प्रज्वलन गरि शुक्रबार विहान सत्बिजरोपन गरिने बताउनुभयो । उहाँले कोर क्षेत्रमा सतबिज मार्ग र बत्ति बालि बस्ने स्थानहरु मा पर्याप्त सुरक्षाकर्मीहरु खटाईने बताउनु भयो ।

पशुपति क्षेत्र बिकास कोषका कार्यकारी निर्देशक रमेश कुमार उप्रेतीले बाला चतुर्दशीका लागि बिशेष स्वास्थ सेवा, खानेपानी सेवा, बिजुली बत्तिको प्रबन्ध, दस्तुर संकलन तथा सरसफाई को व्यवस्था गरिएको जानकारी दिनुभयो ।

मेला अवधिभर मन्दिर प्रांगण को सरसफाईको लागि काठमाण्डौ महानगरपालिका र नेपाल एसविआइबैंक संग सहकार्य गरिएको कोषले जानकारी दिएको छ ।

 

 

LIVE TV