
एसीसी यू–१९ युथ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज आयोजक मलेसियासँग खेल्दैछ । यसअघि एक खेलमा जित र एक खेलमा हार बेहोरेको नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ ।
नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा ३ पटकको च्याम्पियन भारतलाई हराउँदै इतिहास रचेको नेपालले सेमिफाइनल सम्भावना जिवितै राखेको छ । सोमबार बंगलादेशले मलेसियालाई २६२ रनले हराएपछि नेपालले पनि मलेसियालाई ठूलो अन्तरले हराउनुपर्ने दबाब बढेको छ ।
समूहमा दुई चरणको खेलपछि बंगलादेश ४ अंकका साथ शीर्ष स्थानमा छ। एकमा जित र एकमा हार बेहोरेको भारत र नेपाल क्रमशस् दोस्रो र तेस्रो स्थानमा छ ।