
चारपटकको विश्वविजेता इटाली विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ । घरेलु मैदानमा स्वीडेनसँग भएको अन्तिम प्लेअफ म्याचमा गोलरहित बराबरीमा रोखिएपछि इटाली विश्वकपबाट बाहिरिएको हो ।
पहिलो प्लेअफमा १–०ले विजयी भएको स्वीडेन समग्रमा १–० गोलले विजयी हुँदै आगामी वर्ष रसियामा हुने विश्वकपका लागि टिकट पक्का गर्यो । उता, इटाली भने ६० वर्षपछि पहिलोपटक विश्वकप प्रतियोगितामा पुग्नबाट बञ्चित भयो ।
१९५८ मा स्वीडेनले आयोजना गरेको विश्वकप खेल्न असफल भएको इटाली त्यसयता निरन्तर विश्वकप प्रतियोगितामा छनोट हुँदै आएको थियो । पूर्वविजेता इटाली विश्वकप प्रतियोगितामा पुग्न असफल भएपछि फुटबल प्रशंसकहरूले खल्लो महसुस गरेका छन् ।
घरेलु मैदानमा अधिकांश समय बलमाथि नियन्त्रण कायम राखे पनि गोल गर्न नसक्दा इटालीले यो नजिता सामना गर्नुपरेको हो । खेलमा इटालीले बलमाथि ७० प्रतिशतभन्दा बढी नियन्त्रण कायम राखेको थियो ।
पटकपटक गोलका अवसर सिर्जना गर्न सफल भए पनि बललाई जाली चुमाउन भने इटालीका खेलाडी असफल भए । नयाँ पत्रिकाबाट