२८ कार्तिक २०७४, मंगलवार

नेपाल प्रहरीका चार डिआइजीलाई एआईजी बढुवामा सिफारीस गरेको छ । एआईजीको थप दुई वटा दरबन्दी थप गरी चारजनालाई एआईजी बढुवामा सिफारीस गरिएको हो ।

डिआईजीहरु हेमन्त पाल, मधु पुडासैनी, माधव नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवामा सिफारीस गरिएको हो । उनीहरू सबै आईजिपी प्रकाश अर्यालका ब्याची हुन् । तीन महिनाअघि नै सरकारले दुई वटा एआइजीको दरबन्दी सिर्जना गरेको थियो । तर, प्रतिस्पर्धी धेरै भएपछि फेरि दुईवटा दरबन्दी थपिएको हो ।

योसँगै नेपाल प्रहरीमा अब एआइजीको संख्या १६ पुगेको छ । १५ जना प्रशासनतर्फ तथा एकजना प्रहरी अस्पतालमा एआइजी हुने भएका छन् । बढुवा सिफारीस भएका एआईजीहरूलाई कहाँ राखिने तय भएको छैन । नयाँ पत्रिकाबाट

LIVE TV