
एजेन्सी । ‘बाहुबली’ की देवसेना अर्थात अनुष्का शेट्टीले बलिउड निर्माता तथा निर्देशक करण जोहरको फिल्म खेल्न अस्विकार गरेकी छन् । केहीदिन अघि मात्रै ‘बाहुबली’ अर्थात प्रभासले पनि करणको फिल्म खेल्न अस्विकार गरेका थिए ।
भारतीय संचार माध्यमहरुका अनुसार करण अनुष्कालाई आफ्नो फिल्मबाट बलिउडमा डेब्यू गराउन चाहान्थे । तर, उनले करणको अफरलाई ठाडै अस्वीकार गरेकी हुन् ।
अनुष्काले समय अभाव देखाउँदै अफर अस्वीकार गरेको बताइएको छ । उनले यसअघि पनि कमल हसनको अफरलाई पनि इन्कार गरेकी थिइन् । यो वर्ष २०११ को कुरा हो, जसले साउथ फिल्म इन्डस्ट्रीमा हलचल मच्चाएको थियो ।
कमल हासनले अनुष्कालाई आफ्नो फिल्म ‘विश्वरुपम’ मा लिन चाहेपनि उनले समय नभएकोभ भन्दै अस्विकार गरेकी थिइन् ।