२७ कार्तिक २०७४, सोमबार
  • अनुपप्रकाश पौडेल

कास्की । हरेक निर्वाचनमा दलहरु तथा उम्मेद्वारहरुको लक्ष्य गरीब , निमुखा र असहाय नै हुने गर्दछन् । साँझ विहान छाक टार्न धौ धौ पर्नेहरुलाई किन्न सके चुनाव जितिन्छ भन्ने मानसिकता बोकेका उम्मेद्वारहरुले यस्तै वर्गलाई हातमा लिन बिभिन्न हतकण्डा अपनाउने गर्छन । तर चुनाव जितिसकेपछि उनीहरु ती वर्गलाई बाँढेको आश्वासन पूरा गर्नु पर्छ भन्ने ठान्दैनन् । हो , यस्तै उम्मेद्वारहरुबाट निरन्तर ठगिदै आएको समूह हो , कास्कीको सुकुम्बासी वस्तीका वासिन्दा । एक

प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मंसिरमा हुने निर्वाचनको मिति नजिकिदँै जाँदा कास्कीका सुकुम्बासी बस्तीका बासिन्दाले आफूहरुलाई भोट बैंक रुपमा मात्र हेरिएको गुनासो गर्न थालेका छन् । उनीहरुले हरेक निर्वाचनमा घरदैलोमा आउने उम्मेदवारले विभिन्न आश्वासन दिने गरेका तर पछि पूरा नगरेको भनी दुखेसो पोखेका छन् । यस पटक पनि उम्मेदवारले घरदैलोमा सुकुम्बासीका समस्या समाधान गर्ने उही पुरानो अडान दोहो¥याएको उनीहरुको भनाई छ ।

पोखरा नगरका नदी, खोला, खोल्सा, ताल, बसपार्क, एयरपोर्ट र सार्वजनिक ठाँउहरुमा ठूलो संख्यामा सुकुम्बासीहरुको बसोबास छ । ठूलो संख्यामा भएकाले हरेक दलले निर्वाचनका समयमा भोट बैकका रुपमा सुकुम्बासीलाई आर्कषित गर्न विभिन्न प्रतिवद्धता गर्ने गरेका छन् । दशकौंदेखि निराकरण हुन नसकेको समस्या निर्वाचनका समयमा मात्र दलहरुको प्राथमिकतामा पर्ने गरेको छ ।

दलहरुले घोषणापत्रमा सुकुम्बासीका समस्या समाधान गर्ने कुरालाई महत्व दिएका छन् । तर सुकुम्बासीहरुले भने अझै विश्वस्त हुन सकिरहेका छैनन् । वृद्ध, अपांग जस्तै राज्यले सुकुम्बासीलाई पनि सहयोग गर्नु पर्ने उनीहरुको माग छ । अव्यवस्थित बसोबास, फोहरमैलाको प्रकोप, गरिबी, शिक्षा, स्वास्थ्य जस्ता समस्या सुकुम्बासी बस्तीमा लामो समयदेखि विद्यमान छ । शहरका प्रमूख क्षेत्रमा रहेका यस्ता बस्ती खाली गराउन पटक पटक पहल गरे पनि तिनलाई हटाउन कसैले सकेको छैन । राजनीतिक दलहरुको त्यस्त बस्तीमा रहने र भोट बैकंको राजनीतिले गर्दा समस्या विकराल बन्दै गएको सर्वसाधरणको गुनासो छ ।

दलहरुले भोट बैंककोरुपमा सुरक्षित राख्ने गरेको यस्तो समुदायको वास्तविक हक र हितको पक्षमा अब भने काम हुन जरुरी छ । समस्यालाई समस्याकै रुपमा रहन दिएर भोटको राजनीति कहिलेसम्म गर्ने दल तथा तिनका उम्मेद्वारहरुले । प्रतिनिधि सभाका लागि ३ र प्रदेश सभाका लागि ६ निर्वाचन क्षेत्रमा दुई लाख ५५ हजार भन्दा बढी मतदाता रहेको कास्कीमा सुकुम्बासी वस्तीको मत पनि उल्लेखनीय रहेको छ ।

LIVE TV