२७ कार्तिक २०७४, सोमबार

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रचारस्वरुप नेकपा (एमाले)ले आजदेखि घरदैलो अभियान सुरु गरेको छ । एमालेले निर्वाचन क्षेत्र नं २ प्रदेश नं १ सूर्यविनायक नगरपालिकाको सिरुटारबाट औपचारिक रुपमा अभियान सुरु गरेको हो । अभियानको उद्घाटन गर्दै एमालेका युवा नेता तथा पूर्वउद्योगमन्त्री महेश बस्नेतले भक्तपुरको समग्र विकासमा एमालेले यसअघि नै अभियान छेडेको बताउँदै यसलाई पूर्णता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बस्नेतले भक्तपुरको टोल टोलमा पक्की सडक पु¥याइने, धार्मिक पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रलाई विकास गरिने, घरघरमा खानेपानीको पहुँच पु¥याइने, टोलटोलमा सौर्यबत्ती जडान गरिने, भूकम्प प्रभावितका लागि कार्यक्रम सञ्चालन गरिने र यस क्षेत्रलाई सुविधासम्पन्न ‘स्याटलाइट सिटी’(मुख्य शहर नजिकको सुविधासम्पन्न शहर)का रुपमा विकास गर्ने लक्ष्यका साथ आफू चुनावी मैदानमा आएको बताउनुभयो ।

कार्यक्रममा प्रदेश नं १ कबाट एमाले उम्मेदवार शशीजंग थापाले खानेपानी र सडक समस्या हल गर्ने आफ्नो योजना रहेको बताउनुभयो । घरदैलो अभियान सिरुटार साविक गाविस कार्यालयबाट शुरु भएर विभिन्न क्षेत्रको परिक्रमा गर्दै पात्लेटार पुगेर समापन भएको थियो ।

LIVE TV