
गोरखा । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले चुनाव जित्नको लागिमात्रै वाम गठबन्धन बनेको जिकिर गरेका छन् ।
गोरखाको पालुङटार नगरपालिकाको च्याङ्लिङमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले भने ‘‘यो गठबन्धन त खाली भ्रम छरेर चुनाव जित्ने र फेरि राज्यशक्ति हातमा लिएर साधन–स्रोतको दोहन गर्ने उद्देश्यका साथ भएको मात्रै हो । यो कुरा सबैले बुझौं । प्रचण्डलाई त मैले पहिल्यै भनिसकेको छु । या त माओवादी विघटन हुन्छ, या त मेरै बाटोमा आउनुपर्छ ।’
उनले माओवादीले किसान मजदुरको हकहितको कुरा छोडिसकेको पनि आरोप लगाए ।