२७ कार्तिक २०७४, सोमबार

काठमाडौं । आउँदो शुक्रबार रिलिज हुँदै गरेको फिल्म ‘झ्यानाकुटी’को नयाँ गीत ‘भो मलाई चाहिँदैन’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तानको साथमा बालकलाकार एस्टल गुरूङ फिचरीङ गरेका छन्। प्रदीप भारद्वाजको शब्द, विकास चौधरीको संगीत र धर्मेन्द्र सेवानको स्वर रहेको यस गीतलाई धम्पुसको रमणीय दृश्यमा छायांकन गरिएको बताइएको छ ।

फिल्ममा निशा आधिकारी र सिमोश सुनुवारको निर्माण रहेको छ भने निर्देशकमा सिमोश सुनुवार रहेका छन्। गीतमा बेनिशा नहुँदा सौगातले भोगेको पीडालाई कोरियोग्राफीको माध्यमबाट देखाउन खोजिएको छ। श्रीमान् र श्रीमतीको कथालाई देखाइएको फिल्ममा सौगात, बेनिशा र सुमी लिड मुख्य भूमिकामा छन् ।

LIVE TV