२७ कार्तिक २०७४, सोमबार

एजेन्सी । गाई-भैंसी वाहेक बजारमा विभिन्न कम्पनीहरूको प्याक गरिएको दूध पनि उपलब्ध हुन्छन् । दूध प्रोटिन, क्याल्सियम र राइबोफ्लेविन (भिटामिन बी२) युक्त हुन्छ । यस वाहेक यसमा भिटामिन ए, डी र ई सहित फस्फोरस, म्याग्नेसियम, आयोडीन तथा धेरै खनिज र बोसो तथा ऊर्जा पनि हुन्छ ।

दूध  स्वास्थ्यका लागि धेरै फाइदजनक  हुन्छ । दैनिक दूध सेवनले हाडजोर्नीको रोग निको पार्न मद्दत पुग्ने अनुसन्धानकर्ताहरुले बाताएका  छन्। तर दूध सेवनबाट  हाडाको जोर्नी सुन्निने, ओष्टियोआर्थराइटिसजस्ता दुखाईजन्य रोगको पूर्ण उपचार भने  हालसम्म फेला परिसकेको छैन । दूधमा  क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र प्रोटिनका स्रोत हुने हुनाले हड्डी वृद्धि र विकासका लागि आवश्यक तत्व रहेका  छन् ।

अहिलेसम्म ओष्टियोआर्थराइटिस निको पार्ने कुनै औषधि निस्किएको छैन । दुख्ने समस्याबाट मुक्ति पाउन फिजियोथेरापी, तौल नियन्त्रण तथा औषधि सेवनको सल्लाह दिइन्छ ।  दुधमा हुने क्याल्सियम र फोस्फोरसको मात्राले दाँतको विकास र निर्माणमा मद्दत पुर्‍याउँछ । दुधमा पाइने प्रचुर प्रोटिनले दाँतको इनामेलको पातलो आवरण निर्माण गर्छ । यो आवरणले दाँत अम्लीय पदार्थको सम्पर्क आउँदा इनामेलबाट क्याल्सियम र फोस्फेट क्षति हुनबाट बचाउँछ ।

LIVE TV