२७ कार्तिक २०७४, सोमबार
  • तारा आचार्य

मोरङ। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा बदर मत न्यून गर्न र निर्वाचनलाई प्रभावकारी बनाउन मोरङ जिल्लामा मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ ।

मतदाता शिक्षा कार्यकर्ताहरुले टोल टोलमा सर्वसाधारणहरुलाई भेला गराएर मतदान कसरी गर्ने भन्ने बारेमा जानकारी गराउन थालेका छन् । एक जना मतदाताले तीन पटक गरी तीन वटा मतदान गर्नुपर्ने र चार वटा छाप लगाउनु पर्ने भएकाले मतदाता शिक्षा कार्यकर्ताहरुले बढी चनाखो भएर मतदातालाई प्रशिक्षण दिनुपर्ने सो कार्यक्रममा जानकारी दिइएको थियो । मतदाता शिक्षा कार्यक्रममा तीन मतपत्र चार छाप, निर्वाचन प्रक्रिया र प्रणाली बारे जानकारी गराउन वडा वडामा स्वयंसेवकहरु खटिएका छन् ।

मोरङ जिल्लामा ३ सय मतदान स्थल र ७ सय ५८ मतदान केन्दहरु रहेका छन् । कुल ६ लाख ४४ हजार ७ सय ८२ मतदाता रहेको मोरङमा ६ वटा निर्वाचन क्षेत्र र १२ वटा प्रदेश क्षेत्र रहेको छ । मतदाता शिक्षा प्रभावकारी बनाउनको लागि मोरङ जिल्लामा सरकारी स्कुलका वालशिक्षाका शिक्षिकाहरु, महिला स्वयं सेविकाहरु , र सामाजिक परिचालकहरु गरेर जम्मा ७ सय ५८ जना कार्यकर्ताहरु खटाईएको क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

 

 

LIVE TV