
काठमाडौं । फिल्म ‘पिजडा ब्याक एगेन’मा समावेश रोमान्टिक गीत सार्वजनिक भएको छ । माघको पहिलो साता रिलिज हुने फिल्मको ‘तिमी नी आधा’ बोलको गीतको भिडियो रिलिज गरिएको हो ।
यस गीतमा अर्जुन पोखरेलको संगीत, मुक्त उदासको शब्द, अर्जुन र अन्जु पन्तको स्वर छ । त्यासेत, केही समय अगाडि सार्वजनिक भएको फिल्मको लोकलयको गीतले औषत चर्चा पाएको छ ।
यो फिल्ममा निखिल उप्रेती, सारा श्रीपाली, सुस्मिता केसी, पुकार भट्टराई, ज्याक श्रेष्ठ, कुशाग्र भट्टराई लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्ममा सौरभ लामाको छायांकन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मौनता श्रेष्ठको कथा, हिमाल केसीको एक्सन छ ।
यो फिल्मको निर्देशन हिमाल केसीले गरेका हुन् । फिल्ममा रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्रीको लगानी छ ।