
काठमाडौं : नेपाल सुन्दरी निकिता चन्दक मिस वर्ल्ड-२०१७ को अन्तिम प्रतिस्पर्धामा सहभागी हुने उत्कृष्ट ४० सुन्दरीमा पर्न सफल भएकी छन् ।
शनिबार राति चीनको सन्यामा आयोजित ‘हेड टु हेड’ कन्टेस्टमा निकिता ग्रुप नम्बर ३ बाट विजयी हुँदै अन्तिम प्रतिस्पर्धाका लागि छनोटमा परेकी हुन् । मिस वर्ल्डमा पाँचजना फास्ट ट्र्याकबाट र १५ जना निर्णायकबाट अन्तिम प्रतिस्पर्धाका लागि छनोट गरिन्छ ।
आउँदो शनिबार चीनको सान्यामा आयोजना हुने अन्तिम प्रतिस्पर्धामा ४० प्रतिस्पर्धीले र्याम्प मा हिड्ने मौका पाउनेछन् जसमा नेपालकी निकिता चन्दक पनि हुनेछिन र तिनै चालिस मध्ये बाट यो वर्षकी विश्वसुन्दरी घोषणा गरिनेछ।