
तेलगु फिल्मको सबैभन्दा चर्चित जोडी प्रभास र अनुष्का शेट्टी कहिलेदेखि बलिउड फिल्ममा डेब्यू गर्दैछन् ? यो जो कोही जान्न चाहिरहेका छन् । केहीदिन अगाडि खबर बाहिरिएको थियो कि प्रभासले करण जोहरको फिल्ममा काम गर्न अस्वीकार गरे । र, अब प्रभासको नजिककी अभिनेत्री भनेर चिनिने अनुष्का शेट्टी पनि उनकै बाटोमा हिँडेकी छिन् ।
प्राप्त खबर अनुसार, अनुष्का शेट्टीले पनि करण जोहरको फिल्म अस्वीकार गरेकी छिन् । सुपरहिट फिल्म ‘बाहुबली २ : द कन्क्लूजन’ को रेकर्डतोड कमाईपछि फिल्मकी देवसेना अर्थात्, अनुष्का शेट्टी निकै चर्चित बनेकी छिन् । बलिउडका चर्चित डाइरेक्टर करण जोहर अनुष्कालाई आफ्नो फिल्ममा कास्ट गराउन चाहन्थे । तर, अनुष्काले करणको अफरलाई ठाडै अस्वीकार गरेकी छिन् ।
अनुष्काले यो भनेर करणको अफर अस्वीकार गरिन् कि उनीसँग समय छैन । तर, अनुष्काका लागि कुनै फेमस डाइरेक्टरको अफर अस्वीकार गर्नु कुनै नौलो कुरा होइन । उनले यसअघि पनि कमल हासनको अफरलाई पनि इन्कार गरेकी थिइन् । यो वर्ष २०११ को कुरा हो, जसले साउथ फिल्म इन्डस्ट्रीमा हलचल मच्चाएको थियो ।
खासमा, कमल हासनले अनुष्कालाई आफ्नो फिल्म ‘विश्वरुपम’ मा कास्ट गर्न चाहन्थे । अनुष्काले कमल हासनलाई यो भनेर फिल्ममा काम गर्ने अफर लत्याएकी थिइन् कि उनीसँग पहिलादेखि नै धेरै फिल्मको अफर छ र उनीसँग अहिले डेट्स छैन ।