२७ कार्तिक २०७४, सोमबार

आगामी निर्वाचन संघ र प्रदेशका लागि तय भएपनि प्रदेश निर्वाचनका विषयमा खासै चर्चा हुन सकेको छैन । मुलुक संघीय संरचनामा गएपछिको प्रदेशको पहिलो निर्वाचन भएपनि खासै बहस र छलफल हुन नसकेको हो ।

आगामी मंसिर १० गते र २१ गते दुई चरणमा संघको प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुँदैछ । तर, प्रतिनिधिसभालाई विशेष प्राथमिकतामा दलहरुले राखेपनि प्रदेशसभालाई खासै बहसको विषय नबनाउँदा मतदाताहरु झुक्किन थालेका छन् । अधिकांश स्थानमा प्रादेशीक सांसदका उम्मेद्वारहरुले खासै प्रचार–प्रसार समेत गर्न सकेको छैनन् । प्रदेशको संरचना तथा प्रदेश गठनबारे समेत मतदाता अनभिज्ञ रहेको उम्मेद्वारहरु आफैं स्वीकार गर्छन् । सात वटा प्रदेशमा ३ सय ३० बटा प्रदेश निर्वाचन क्षेत्र निर्धारण गरिएको छ । हरेक प्रादेशीक सांसदको बहुमतको आधारमा प्रदेश सरकार गठन हुने संवैधानिक प्रावधान रहेको छ ।

 

 

 

LIVE TV