२७ कार्तिक २०७४, सोमबार

 के भयो कालिमाटि फलफुल तथा तरकारी बजारको रात्रि अनुगमन ?

पछिल्ला केही दिनदेखि बजारमा तरकारीको मूल्य एक्कासि आकासिएपछि यसको कारण बुझ्न आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले कालिमाटी फलफूल तथा तरकारी बजारमा मा अनुगमन गरेको छ । निर्वाचनको मुखमा अचम्म लाग्दो पाराले बढेको तरकारीको मूल्यका बारेमा सञ्चारमाध्यममा सामाचारहरू प्रकाशित भएपछि विभागको टोली शुक्रबार मध्यरातमा अनुगमनमा निस्कियो । राति १२ बजेदेखि अनुगमन गर्न भनी कालिमाटी पुगेको आपूर्ति विभागको टोलीले ३ बजेसम्म अनुगमन गर्यो  । तर अनुगमनबाट केही यस्ता तथ्यहरु फेला  परेका छन ।

 मुल्य निर्धारण गर्ने निकायकै अभाव

कालिमाटी फलफ्ुल तथा तरकारी बजारमा अहिले मुल्य निर्धारण गर्ने कुनै पनि आधिकारीक निकाय नै छैन । ठेकेदारले बजारमा तरकारी ल्याएपछी व्यापारीले लिने गर्दछन र व्यापरीले आफ्नैहिसावले मुल्य निर्धारण गर्ने गर्दछन । यो विषयमा कालिमाटी फलफुल तथा तरकारी विकास समितीको ठुलो गल्ति भएको बताउँछन आपुर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्दैशक कुमार दाहाल ।

तर विकास समिती भने यो कुरालाई मान्न तयार छैन । मुल्य निर्धारणको अधिकार आफुलाई नभएको र आरोप लगाउनेले काहाँनेर गल्ती भयो औँल्याउनु पर्ने विकास समितिका उप निर्दैशक विनय श्रेष्ठ बताउँछन ।

 बिचौलियाहरुको व्यापक चलखेल

अनुगमान पश्चात तरकारी मूल्य बृद्धि हुनुमा विचौलियाहरुको चलखेल रहेको पत्ता लागेको छ । अनुगमनको क्रममा कुनै पनि व्यापारी आफ्नो स्टलमा देखिएनन । ठेकेदारले स्थानीय बजारबाट तरकारी पठाउँदा कोड नम्बर सहितको भारी पठाउने गर्दछन र भरियाले कोड नम्बर अनुसार पसलमा छोड्ने गर्छन । तर भोलीपल्ट त्यसको मुल्य कसरी निर्धारण हुन्छ थाहा हुँदैन । थोक विक्रेताहरु बिचकै सामान्य छलफलबाट मुल्य निर्धरण हुने व्यवस्था अहिले कालिमाटी फलफुल तथा तरकारी बजारमा रहेको छ ।

यसरी तरकारी ठेकेदारले जती पैसा दिन्छन किसानले त्यसमै चित्त बुझाउने गर्दछन । तर राजधानीमा उपभोक्ताले भने चर्को मुल्य तिर्न बाध्य छन । जसबाट किसान र उपभोक्ता ठगिएको प्रस्ट छ ।

थोक ब्यापारीहरुले ढुवानी र आफुहरुले लिने मुल्यबीच बढीमा १० देखि १२ रुपैयाँको अन्तर पर्ने बताएपनि वास्तबिकता भने अर्कै छ ।

निष्कर्षमा पुगेन अनुगमन टोली

तरकारीको मुल्य निरन्तर बढिरहेपछि प्राकृतिक मूल्य वृद्धि हो वा कालोबजारी त्यसको वास्तविकता बुझ्न गरिएको राति अनुगमनबाट कुनै कैफियत पत्ता लाग्न सकेन । तर समग्रमा किसान र उपभोक्ताको बिचमा बिचौलिया को सङ्ख्या बढी भएको कारण तरकारी मुल्य बढेको निष्कर्ष अनुगमन टोलीले निकालेको छ । अनुगमन कालिमाटीमा अुनगमन गरेर तरकारीको वास्तविक मूल्य पत्ता लगाउन कठिन भएको भन्दै यसका लागि तरकारी उतपादन हुने ठाउँमा नै पुग्नुपर्ने र अनुसन्धान जारी रहने अनुगमन टोलीको भनाई छ ।

 टेन्डर एउटाको स्टल अर्कोको

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितीले टेन्डर आह्वान गरेर स्टल बिक्रि गर्ने गर्दछ । तर अहिले त्यहाँ आफ्नो नाउँमा टेन्डर पारेका मानिसहरुले अर्को मानिसलाई चर्को मुल्यमा भाडामा दिएर आफु नाफा खाने गर्दछन । यो विषयमा जानकारी पाएर पनि विकास समिती बेखबर छ ।

नेपाल सरकारको मातहतमा रहेको विकास समिती जस्ले जनतालाई सुपत मुल्यमा न्युनतम नाफा राखेर मूल्य निर्धारण गर्नुपर्नेमा आफ्नो जिम्मेवारीबाट पन्छिएको छ । यसकारण व्यापारीहरुले मनामानी ढंगले मूल्य बढाउँदा राजधानीबासीले मुल्य थेग्न सकेका छैनन् भने किसानहरुले आफ्नो उत्पादनको उचिा मूल्य पाइरहेका छैनन ।

 

LIVE TV