२७ कार्तिक २०७४, सोमबार

निर्माता श्री प्रेम प्रसाद पौडेलले विदेशी भूमीमा रहेर पनि मातृभूमी प्रति अगाध स्नेह गर्ने, सकारात्मक सोच लिएर अगाडी बढ्ने ब्यक्ति एवं प्रवाशी एक सफल ब्यवसायी हुनुहुन्छ ।

उनै ब्यवसायी पौडेल आगामी दिनहरुमा ब्यवसायिक रुपमा नेपाली कला क्षेत्रको संरक्षण सम्वर्द्दन गर्ने उद्देश्य अनुरुप नेपाली चलचित्र क्षेत्रमा उत्कृष्ट फिल्म बनाउने सोचका साथ पाईला चाल्दै हुनुहुन्छ ।

‘भैरे’ नामक चलचित्र लिएर नवनिर्माता प्रेम प्रसाद पौडेल चाँडैनेपाली सीने जगतमा प्रवेश गर्दैहुनुन्छ ।चलचित्र “भैरे”लाई सर्वाधिक हिट बनाउन कुनै कसर बाँकी नराख्ने र यसलाई बर्षकै सर्वाधिक उत्कृष्ट र सफल चलचित्र बन्नेमा कुनै शंका नभएको उहाँ दावी गर्नुहुन्छ ।

एक करोडको बजेटमा बन्न लागेको चलचित्र ‘भैरे’मा परदेशमा छरिएर रहेका तमाम गाउँले युवकहरुको कथामा आधारीत रहने जसमा अहिलेका चल्तीका नायक दया दयाहाङले ‘भैरे’को भूमिका निर्वाह गर्दैछन् अन्य कलाकारमा दर्शकहरूले रुचाएका सर्वाधिक हिट कलाकारहरू जस्तै दयाहाङ राई,दर्शकहरुको मन मुटुमा बसेका कलाकार बुद्धि तामाङ,सफल अभिनय गर्न माहिर सुरक्षा पन्त,वर्षा सिवाकोटी,अनुभव रेग्मी,बिक्रान्त बस्नेत,जयनन्द लामा लगायतका उत्कृष्ट कलाकारहरुका साथै नेपालका सुप्रसिद्ध छायाँकार पुरुषोत्तम प्रधानलाई लिइएको छ ।

LIVE TV