२६ कार्तिक २०७४, आईतवार

काठमाडौँ । पटक पटक अभ्यासका लागि हल उपलव्ध गराइदिन गरेको मागको वेवास्ता गरेको भन्दै जिम्न्याष्टिक संघ र क्योकुशिन संघले राष्ट्रिय खेलकुद परिषदमा तालावन्दी गरेको छ । अभ्यास गर्ने हल नपाउँदा खेलाडीहरुले आफ्नो सीप निखार्न नपाएको भन्दै बारम्बार अभ्यास स्थलको माग गर्दै आइएको थियो ।

२०७२ सालको विनाशकारी भूकम्पवाट क्षति पुगेको प्रशिक्षण हलहरु अभ्यास गर्न नमिल्ने भएको लामो समय वितिसक्दा पनि परिषदले अभ्यास गर्ने हलको व्यवस्थापन नगरेको आरोप लगाउदै उनीहरुले तालाबन्दी गरेका हुन् । हल नबन्दा खेलाडीहरुलाई असर गरेकोले बाध्य भएर तालाबन्दी गर्नुपरेको खेलाडीहरुको भनाई छ । प्रशिक्षण हलको नभएका कारण करोडौं मुल्यका सामग्री भण्डारमा अलपत्र अवस्थामा रहेको खेलाडीहरुको भनाइ छ ।

LIVE TV