२६ कार्तिक २०७४, आईतवार

प्रियालक्ष्मी कार्की

काठमाडौँ । कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनको अघि क्रिकेटको शक्तिशाली मुलुक भारत नेपालसंग निरीह बनेको छ । क्रिकेटको कुनै पनि औपचारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा भारतलाई १९ रनले हराउँदै नेपालले क्रिकेटमा ऐतिहासिक एवं महत्वपूर्ण जित पनि हासिल गर्न सफल भएको छ ।

मलेसियामा जारी एसीसी अण्डर नाइन्टीए एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको दिन नेपालका लागि सुखद रहयो । भारतसंग पहिला हार स्वीकार गरेर मैदानमा प्रवेश गर्ने नेपाली मनोवृति यसपटक नेपाली खेलाडीहरुले पखालेनन मात्र भारतलाई पनि हराउन सकिन्छ भन्ने नमुना पेश गर्दै चम्किलो र बहादुरीपूर्ण खेल प्रदर्शन गरे ।

मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा भएको खेलमा नेपालले टस हारेपछि ब्याटिङको निम्तो पाएको थियो । भारतका लागि यो रणनीति जितको लागि उस्को आकलनमा सहज थियो । तर त्यसो भएन । कम्पान दीपेन्द्र सिंह ऐरीले १ सय १ बलमा ६ चौका र २ छक्काको मदतले ८८ रन जोडेका थिए , उनले भारतको महत्वपूर्ण चार विकेट पनि लिएपछि नेपालको लागि जितको ढोका खुलेको थियो ।

ओपनर आसिफ शेखलाई सस्तैमा गुमाएको नेपालको लागि तेस्रो क्रमका ब्याट्सम्यान अनिल साहले पनि ६ रन मात्र जोडेका थिए । ओपनर जितेन्द्र सिंहले ३६ रन जोड्दै दिपेन्द्र सिंह ऐरीसँग तेस्रो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए । जितेन्द्रको प्रस्थानपछि दिपेन्द्रले उत्कृष्ट ब्याटिङ गर्दैे । ऐरी पारीको ४९ औं ओभरमा आउट भएका थिए ।

मध्येक्रममा रोहित पौडेलले ६ तथा भीम सार्कीले १५ रन जोडे । तल्लोक्रमका ब्याट्सम्यान मा सन्दिप लामिछाने ५ बलमा ९ रन बनाउँदै अविजित रहे । किशोर महतोले पनि ७ रनको योगदान दिए । भारतका लागि आदित्य ठाकरे र अविशेक शर्माले २–२ विकेट लिए । विवेक तिवारी, मन्दिप सिंह, शिब सिंह र अथर्व ताइदेले पनि एक एक विकेट लिए ।

यस्तै भारतका लागि ओपनरहरु हिमांशु रानाले ४६ र मनजोत कलराले ३५ रन बनाएका थिए । भारतको मध्यक्रमका खेलाडी अभिषेक शर्माले २७ रन बनाएका थिए । पहिलो खेलमा बंगलादेशसँग पराजित नेपाल यस खेलमा भने जित हात पार्न सफल भए पछि दोस्रो चरणमा प्रवेशको आशा जीवितै रहेको छ ।

LIVE TV