२६ कार्तिक २०७४, आईतवार
  • दीपक उपाध्याय

कैलाली। बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी (सहजपुर) भन्ने ठाउँमा आइतबार बिहान ५ बजेतिर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् ।

मृतक तीनै जना महिला हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बीरबहादुर बुढामगरले दिएको जानकारी अनुसार शिवनाथ गाउपालिका ६ बैतडीकी ६४ वर्षीया भुन्टीदेवी चन्द, पञ्चेश्वर गाउँपालिका ४ कि २४ वर्षीया कविता तिवारी र पाटन नगरपालिका ५ की १९ वर्षीया रेवती भाटको दुर्घटनामा मृत्यु भएको हो ।

मृतक तिनै जनाको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । दुर्घटनाका घाइते ३२ मध्ये ५ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार, गम्भीर घाइते २ जनालाई थप उपचारका लागि भारतको हलद्वानी लगिएको छ भने बाँकीको पद्मा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना ७ ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेर आइतबार बिहान दुर्घटना भएको थियो ।

LIVE TV