२६ कार्तिक २०७४, आईतवार

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सगरमाथा आरोहण गर्ने तयारीमा रहेका प्रथम महिला पत्रकार सगरमाथा आरोहण २०१८ को टोलीलाई शुभकामना दिनुभएको छ । समानताका लागि बुलन्द आवाज भन्ने नाराका साथ सगरमाथा आरोहण गर्न लागेका महिला पत्रकारहरुलाई राष्ट्रपति भण्डारीले हरतरहले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।

राष्ट्रपति भण्डारीले महिला पत्रकारहरुलाई ६४ वर्षको सगरमाथा आरोहणको इतिहासमा नयाँ आयाम थपिने पनि बताउनुभयो । आरोहणमा राष्ट्रिय समाचार समितिकी रोशा बस्नेत, न्युज २४ टेलिभिजनकी प्रियालक्ष्मी कार्की, मेगा टेलिभिजनकी कल्पना महर्जन, नेपाल टेलिभिजनकी रोजिता बुद्धाचार्य र स्वतन्त्र पत्रकार देउराली चाम्लिङ रहेका छन् ।

महिला पत्रकारहरुको टोली आगामी चैत्रमा सगरमाथा आरोहण गर्ने तयारीमा छन् । उनीहरु आरोहणको तालिमका लागि कार्तिक २९ गतेबाट दोेलखाको यालुङ र रामदुङ गरी ६ हजार मिटरका दुई हिमाल आरोहण गर्न दोलखा जानेछन् ।

LIVE TV