२६ कार्तिक २०७४, आईतवार

एजेन्सी  । संसारमा सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’लाई मानिन्छ ।  जंगली बिरालो ‘एसियन पाम सिभेट’ जातकोले खाएर बिस्ट्याएपछि सबैभन्दा महंगोे कफी ‘कोपि लुवर्क’ बनाउने गरिन्छ । उक्त कफी बोटमा पाकेको बेला बिरोलोले खाएपछि महँगो पैसामा बिग्री गर्छन् ।

‘पाम सिभेट’ बिरालोले पाकेको कफीको दाना बोटमै चढेर खाने गर्दछ तर पचाउन सक्दैन । पचाउन नसकेर दिसामार्फत निकालेको उक्त कफीको दाना सबैभन्दा महंगोमा विक्रि हुने गर्दछ ।

उक्त बिरालो एशियाली मुलुकमा मात्र पाइने भएकोले विश्वभर अति नै स्वादिलो मानिने ‘कोपि लुवर्क’ कफी भारत, इन्डोनेसिया, बंगलादेशलगायत देशबाट अरव मुलुक र युरोप निर्यात हुने गर्दछ ।

भारतीय सन्चारमाध्यम ‘पिटिआइ’का अनुसार भारतको कर्नाटक राज्यमा यस कफीको दानालाई ३२ हजार देखि ४० हजार रुपैयाँ प्रति किलोमा विक्रि हुने गर्दछ । एशियामा ‘कोपि लुवर्क’ कफी पाइने भारत तेस्रो मुलुक हो । विशेषगरी यस कफिको मुख्य बजार अरव मुलुक र युरोपलाई मानिन्छ ।

 

 

LIVE TV