२६ कार्तिक २०७४, आईतवार

काठमाडौं । बरिष्ठ समाजसेवी अनुराधा कोइराला नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रमका बीच प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई पार्टीमा प्रवेश गराएका हुन् ।

‘सिएनएन हिरो’बाट सम्मानित कोइराला चेलीवेटी बेचविखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय रुपमा तीन दशकदेखि सक्रिय छिन् ।

उनले भनिन्,‘सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजान सक्ने कांग्रेस मात्रै हो, लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ।’

कोइरालाले लोकतन्त्र बाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्विकार नगर्ने बताउर्दै लोकतन्त्रलाई थप वजवुत गराउन सबैलाई कांग्रेसमा मतदान गर्न पनि आह्वान गरिन । ‘म सबैमा लोकतन्त्रलाई स्विकार गरी सबै अटाउन सक्ने नीति बोकेको कांग्रेसलाई मतदान गर्न अपिल गर्दछु’ कोइरालाले भनिन।

LIVE TV