
२६ कात्तिक, काठमाडौं । नेपाल प्रहरी अस्पतालले आइतबारबाट प्रहरीमा मात्र सिमित सेवा बढाएर सर्वसाधारणका लागि पनि सेवा दिन सुरु गरेको छ ।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालको सक्रियतामा महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालले अव सर्वसाधारणलाई पनि सेवा दिने भएको हो । महानिरीक्षक अर्यालले संवैधानिक व्यवस्था अनुसार हरेक नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुगोस् भन्ने हेतुले प्रहरी अस्पताललाई पनि सर्वसाधारणका लागि खुल्ला गरिएको बताए ।
सर्वसाधारणका लागि हाललाई दिउँसो साढे १ बजेदेखि ३ बजेसम्म ओपीडी सेवाको व्यवस्था गरिएको छ ।अस्पतालमा सर्वसाधारणका लागि ३२ वटा बेडको व्यवस्था गरिएको छ । २११ वटा बेड रहेको अस्पतालमा ३२ वटा सर्वसाधारणका लागि छुटट्याइएको हो ।
अस्पतालको सेवा शुल्कको हकमा भने सरकारी अस्पतालको ब्यवस्था भएबमोजीम नै हुनेछ ।