
आत्मा तथा पुनर्जन्म
त्यसो त आत्मा र पुनर्जन्मको कुरा अहिले पनि रहस्यकै विषय छ । एकपटक तपाईले यो कुरा मान्नुभयो भने तपाईलाई यकीन हुनेछ कि तपाईको आत्माले पुनर्जन्म लिएको हो । तपाईले आत्माले यो भन्दा पहिले पनि जन्म लिएको भए त्यसका केही लक्षण हुन्छन् । यहाँ हामीले केही लक्षणबारे उल्लेख गरको छौं, जसले संकेत गर्छन् कि तपाईंको आत्माले यसअघि पनि जन्म लिइसकेको छ ।
अनजान भय
यदि तपाईलाई कुनै कुराले धेरै डर लाग्छ तर आश्चर्यजनक रुपमा तपाईको वर्तमान जीवनसँग त्यो कुराको कुनै सरोकार हुँदैन त्यो तपाईको पुनर्जन्मको लक्षण हो । जस्तै तपाई धेरै उचाई, आगो, पानीसँग सम्बन्धित कुनै घटना घटेको हुँदैन । तर तपाई ती चीजसँग आवश्यकताभन्दा धेरै डराउनुहुन्छ भने यो तपाईको आत्माले यसअघि जन्म लिइसकेको संकेत हो ।
एउटै सपना धेरैपटक देखिनु
यदि तपाईलाई प्राय एउटै सपना धेरैपटक देखिन्छ भने यसको नाता तपाईको पूर्वजन्मसँग हुन सक्छ । सपनामा देखिने व्यक्तिलाई तपाईले यो जीवनमा देख्नुभएको छैन, तर पनि परिचित जस्तै लाग्छन् भने यो पक्का तपाईको पुर्वजन्मसँग जोडिएको रहस्य हो ।
कुनै अपरिचित व्यक्तिसँग पहिलो भेटमै घनिष्ट हुनु
हुनसक्छ कि तपाई कुनै व्यक्तिलाई पहिलोपटक भेट्नुभयो । तर त्यो व्यक्तिलाई पहिलेदेखि नै चिनेको जस्तो लाग्न सक्छ । एक अजीव प्रकारको आफ्नोपन त्यो व्यक्तिसँग तपाईंले महशुष गर्नसक्नुहुन्छ । यसको मतलव पनि तपाईको पूर्वजन्मसँग जोडिएको हुन्छ ।
कुनै चीजलाई धेरै चाहनु
तपाई कुनै चीजप्रति धेरै नै आकर्षित हुनु, त्यो चीज प्राप्तीका लागि धेरै जोडबल गर्नु पनि पूनर्जन्मको संकेत हो । बाटामा भेटिएका अनाथ बालबालिका, अपाङ्ग व्यक्ति देख्नेवित्तिकै आफन्तजस्ता लाग्नु तथा उनीहरुका लागि तपाईको मनमा दयाको भावना पलाउनु पनि पुनर्जन्मको संकेत हुनसक्छ ।
पूर्वजानकारी हुनु
तपाईंले धेरै व्यक्ति यस्ता पनि भेट्नुभएको होला, जो भन्छन् कि कुनै नराम्रो घटना हुन लागेको संकेत उनीहरुलाई पहिले नै थाहा थियो । केही व्यक्ति यस्ता पनि हुन्छन् जो ‘केही नराम्रो हुँदैछ’ भन्दै डराउँछन् । यो उनीहरुले झुटा कुरा गरेका हैनन् । किनकी उनीहरुको यो डर धेरैपटक सही पनि सावित हुन्छ ।
तपाईंले त्यस्ता बालक पनि देख्नुभएको होला, जो कम उमेरमै धेरै परिपक्व कुरा गर्छन् । उनीहरुको काम गर्ने तरिका अनुभवी व्यक्तिको जस्तै हुन्छ । कतिपय अवस्थामा ती बालबालिकाहरुले बृद्ध व्यक्तिको भन्दा पनि राम्रो सल्लाह दिन सक्छन् । त्यस्तो यसकारण हुन्छ कि उनीहरुको भित्र प्रोढ आत्मा हुन्छ । सीधा भन्नुपर्दा उनीहरुको यो अर्को जन्म हो ।