बर्दिया । पप्पु कन्सट्रक्सनले निमार्ण गरेको बर्दियाको गुलरीया नगरपालीका र बारबर्दीया नगरपालीका जोड्ने पुल निमार्ण गरेको एक बर्ष नपुग्दै धसीएपछि यस अघिको कार्यक्रममा हामीले रिपोटीङ गरेका थियौँ ।
१६ करोडको लागतमा बनेको यो पुलका ३ ओटा पिल्लर धसीएका छन् । यस्तो पुल बनाउने निमार्ण कम्पनीका प्रमुख हरीनारायण रौनियार अहिले पर्साबाट संघिय समाजवादी फोरमाका उमेदवार छन् । उनीसँग हामीले किन यस्तो पुल बनाएको भनी लाइभ कुरा गरको थियौँ । उनले पटक पटक सडक डिभीजनको गलत इञ्नियरीङको कारण पुल धस्सीएको बताए । तर सडक डिभिजन कार्यालय बाकेका ईन्जिनियर कल्याण खडकाले भने इञ्निीरीएरको कमजोरी स्वकार्दैनन् ।
पटक पटक निर्माण कम्पनीलाई उचित सामग्री प्रयोग गर्न पत्राचार गर्दा पनि अटेर गरेको कारण पुलको यो विजोग भएको बताउँछन् । ठेकेदार र सडक डिभीजन कार्यालय बाँकेको मिलेमतोमा राज्यको करोडौँ रुपयौँ त सकियो नै स्थानीयको दुख भने जहाँ तेही रह्यो ।