
मोरङ । कार्यक्रमको यस अघिको अंकमा मोरङ कोे लेटागं नगरपालिकाको चिसाङ खोलमा अवैध रुपमा क्रसर सञ्चालमा गरिरहेको देखायौ । हामीले यस विषयमा मोरगंका स्थानिय विकास अधिकारी संग फोनमा कुरा पनि गरयौ । उन्ले चिसाङ खोलमा नियम अनुसारनै गिट्टी बालुवा निकालिने गरको दावि गरे । आफुहरुे अनुगमन गर्दा पनि १.३० मिटर मात्र उत्खनन् गरको दावि गरे ।
लाईभ कार्यक्रममा उन्ले सय भन्दा बढी उत्खना गरेको आफ्नो संगंनता भएको स्विकारने बताए । खासमा लेटाङ का स्थानिय समाजसेवी दुर्गा गौतमले सिधा कुरा कार्यक्रममा नदिको अवैद्ध दोहनको देखाउन भिडियो खिच्नमा पुग्दा क्रसर व्यवसायीहरुले स्थानिय युवाहरु प्रयोग गरी उन्लाई नियन्त्रणमा लिएका थिए । क्रसर स्थानिय प्रशासनलाई हातमा लिई क्रसर व्यवसायीले यसरी नदिको अवैद्ध दोहन गरिरहको देखाएपछि शुक्रवार हामीले धरानका टिभी जर्नलिष्र्ट सन्तोस् काफ्लेले चिसागं खोलमा रहेका क्रसरको रिपोटिग. गर्न पठायौ । उन्ले रिपोटिगं गर्दा आफुलाई असुरक्षित महशुस गरेपछि लेटागं ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक र्शलेन्द्र कुुमार यादवलाईलाई सुरक्षा दिन आग्रह गरे ।
उनेले यसका लागि माथी सोध्नु पर्छ भनेपछि टिभी जर्नलिष्र्ट काफ्लेले मारगका प्रहरी प्रमुख एसपी अरुण कुमार जिसीलार्ई सुरक्षा दिन आग्र्ह गरे । उन्ले पनि आफुले सुरक्षा दिन नसक्ने भन्दै आल टाल गरे । प्रहरी प्रशासनले हाम्रा टिभी जर्नलिष्ट सन्तोस काफलेलाई सुरक्षा दिन नसक्ने भनेपछि हामीले आफै काठमाण्डौबाट मोेरगंको लेटाङ नगरपालीका पुग्ने निर्णय गरयौ । र हामी विराटनगर विमानस्थल तर्फ लाग्यौ । विराटनगर एयरपार्टमा ओरले लगत्तै हामी लेटाङको चिसाग खोला तर्फ लाग्यौ । हामीले बाटो बाटै पुर्वाञ्चल प्रहरी प्रमुख एआईजी पशुपति उपाध्या लाई सम्पर्क गरी हामी आएको जानकारी गरयौ ।
हाम्रो टिम साझ चिसागं खोलामा पुग्दा स्थानियहरुको ठुलो भिड हामीलाई पर्खिरहेको थियो । उनि दुर्गा र्र्गातम । दुर्गा र्र्गातम उनै व्यक्तीहुन् जो सिधा कुरामा बजाउनका लागि नदिको अवैध दोहनका भिडियो खिच्न नदिमा पुग्दा केही व्यक्तीहरुको अपहरणमा परेका थिए । प्रहरीको सहयोगमा मात्र उन्लाईृ साझ रेस्क्यु गरिएको थियो । शुरुको व्यक्ती खोलाबाट मापदण्ड विपरित गिटटी बालुवा निकालिएको हो होईन र मापदण्डको उलंघन भएको छ छैन भनि जांच्न हाम्रो टिमले ईन्जिनियरलाई पनि खोलामै बोलाएको थियो । सवैलाई साक्षी राखी हामीले नियम अनुसार निकालिएको भनिएको गिटटी बालुवाको नाम गरयौ ।
हामीले रिपोटिग गर्दै गर्दा लेटाग नगरपालिका ३ नम्व वडाका अध्यक्ष देवराज चामिलिग पनि आईपुगे । आफै क्रसरलाई नदि जन्य वस्तु सप्लाई गर्ने टिपर व्यवसायी समेत रहेका चामलिगले गलत क्रियाकलाप गर्न जो काहीलाई पनि कानुनी दायरामा ल्याउु पर्ने बताए । रिपोटिग गर्दै हामी भिम पौडेलले सञ्चाल गरेको श्रि ओम क्रिसरमा पुग्दा लेटाग नगरपालिका मेयर शंकर राई पनि पुगे । मेयर राईले त नदिको अवैद्ध दोहन रोक्न आफ्नो कुनै अधिकार नभएकाले आफु लाचार भएको बताए ।
हामीले रिपोेटिग गर्दै गर्दा ईलाका प्रहरी कायालयको एक टिम हाम्रो सुरक्षाका लागि खोलामा आईपुग्यो । केही मानिसहरुलाई हामी आएको मन परेको थिएन । र हामीले आफु पुर्ण सुरक्षित भएको महशुस गर्न सकेनौ र पुर्व वत रुपमा तयार गरेको होटल भन्दा छुट्टै होटलमा बस्यौ ।
प्रहरीले पनि हामीले बस्ने भनेको होटल भन्दा ईलाका प्रहरी कार्यालय नजिक रहेका होटल बसिदिन आग्रह गरे ।
हामी आउने थाहा पएर शुक्रवार हटाईएका सम्पुर्ण स्काभेटर र टिपरहरु शनिवार पुन खोलमा काम गर्दै थिए । स्थानियहरुले नदिको अवैद्ध दोहन रोक्न नदि छेउछाउमा रहेका क्रसर हटाउन माग गर्दै लेटाग बजार बन्द गरेका छन् । वाईटहरु मात्र बजार बन्दको कतिपय स्थानियहरुले क्रसर व्यवसायीको पक्ष लिर्र्दै क्रसर व्यवसाय सञ्चालन भएका कारणले वर्खा याममा वरपर भएका वस्तीका घरहरु र मानिसहरु सुरक्षित भएका कारणले क्रसर सञ्चाल हुनुपर्ने बताए । क्रसरका कारण नदिको धार एउटै ट्याकमा आएकाले अफुहरु विगत सात आठ बर्ष देखी सुरक्षित भएको बताए ।
स्थानिय सुरक्षित हुनुपर्छ रोजागारी पनि पाउनु पर्छ तर राज्यकाृ नियम मिच्न पार्ईदैन भनेको । लेटगको क्रसर व्यवसायमा यसरी टेलिभिजनको क्यामेरारले निर्वाध खिच्न पाएकोे यो पहिलो पटक हो । यस अघि रिपोटिग गर्न गएका कयौ पत्रकार र भिडियो खिच्न गएका कयौ सर्वसाधारणहरु अपहरण र कुटपीटिको शिकार बनेका छन् । मानिसले भएका प्राकृतिक स्रोत साधनको उपयोग गरि व्यवसाय गर्न पाउछ ।
स्थानियहरुले सुरक्षित रुपमा वस्न पाउनुका साथै रोजगारीको अवसर पनि पाउनु पर्छ । तर राज्यको नीति नियमलाई कुल्चेर प्रशासनलाई दवाव र प्रभावमा पारि व्यवसाय गर्न र अवैद्ध कार्य गर्न कसैले पनि कुनै किसिमको छुट पाउनु हुन्न । लेटागको हाम्रो फिल्ड रिपोटिगले स्पष्र्ट पार्छ कि यहां स्थानिय प्रशासनलाई हातमा लिई मापदण्ड मिचेर नदिको अवैद्ध दोहन हुदै आएको छ ।