
मतदातामा जागरण गराई शतप्रतिशत मत सदर गराउन जिल्लाका मतदातालाई आज प्रशिक्षण दिइएको छ ।
निर्वाचन अधिकृत नवीन खालिङका अनुसार जिल्लाका विभिन्न सामाजिक एवं गैरसरकारी संस्थामा काम गर्ने ४५ व्यक्तिलाई मतदाता शिक्षकका रुपमा नियुक्तिपत्र दिई मतदातालाई कसरी प्रशिक्षण दिने भन्ने विषयमा ज्ञान दिइएको थियो ।
बत्तीस हजार ३२२ मतदाता रहेको जिल्लामा ४५ मतदान केन्द्र छन् । सबै केन्द्रमा एक एक प्रशिक्षकले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने बताइएको छ । प्रशिक्षण कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पुनाराम खनालले आचारसंहिताको पूर्ण पालना गरी काम गर्न निर्देशन दिनुभयो । प्रजिअ हीरादेवी पौडेलले दलगत स्वार्थलाई पर सारी ग्रामीण समाजका मतदातालाई मतदाता शिक्षा प्रदान गर्न आग्रह गर्नुभयो ।