
सप्तरी।विद्यालय शान्ती क्षेत्र हो ।बिद्यालयमा विद्यार्थीको पठनपाठन प्रभावीत हुने गरी कुनै काम गर्न पाइदैन । साथै प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनको लागि आचारसहिता लागु भएको छ । यो समयमा बिद्यालयमा कुनै पनि चुनावी सभा प्रतिबन्धीत गरेको छ तर शुक्रबार सप्तरीका २ बिद्यालयमा नेपाल सरकारका नागरीक उड्यन तथा पर्यटन मन्त्री जितेन्द्रनारायण देवको उपस्थीतीमै चुनावी सभा मात्रै हैन भोजभतेर नै भएको छ ।
शुक्रबार नेपाल कांग्रेस निर्वाचन क्षेत्र न २ ले सप्तरीको डाक्नेश्वरी नगरपालिका स्थित राष्ट्रिय प्राथमिक विद्यालय सखुवा तथा विष्णुपुर गाउँपालिकाको खुरहुरीया स्थित जनता माविमा चुनावी कार्यक्रम गरेर निर्वाचन आचारसहित त उलङगन गरेका छनै बिद्यालयको भुमीका माथि नै गम्भीर प्रश्न खडा गरेको छ । यि दुवै बिद्यालयमा शुक्रबार भएकाले ५ ओटा कक्षा लिएर मात्रै छुट्टी हुनु पर्ने हो तर ४ ओटा कक्षा लिएर मात्रै बिद्यार्थीलाइ घरमा पठाइयो । तर बिहान देखीनै बिद्यालयका कुना कुनासम्म पार्टीको झण्डा व्यानर टाँसीयो भने बिचमा मञ्च बनाइयो । बिद्यार्थीहरुले बसेर पढ्ने कक्षा कोठा एकाएक भान्सा र पार्टीहलमा परीणत भए । यि कार्यक्रमले दुई बिद्यालयका बिद्यार्थीको पढाइ बिहान देखीनै प्रभावीत पा¥यो ।यो जनता मावि भित्र चुनावी सभा र भोजभतेर भैरहँदा गेट बाहिरको यो खुल्ला चौर भने खाली थियो ।
जनता माविका प्रअ सुर्यनारायाण यादव त मंचमै बसेर नेपाली कांग्रेस भोट मागीरहेका थिए । यो बिषयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जयनारायण यादवले आफुलाई बिद्यायमा भएको कार्यक्रको बिषयमा कुनै पनि जानकारी नभएकाले प्रअलाई स्पष्टीकरण सोध्ने बताएका छन् । तर निर्वाचन सम्बन्धी सम्पुर्ण कुराको जिम्मेवार जिल्ला निर्वाचन कार्यलय, जिल्ला प्रसासन कार्यालय तथा जिल्ला शिक्षा कार्यालय यस बिषयमा कुनै कारवाही अघि बढाएका छैनन् ।