२५ कार्तिक २०७४, शनिबार

काठमाडौं । झण्डै ६ महिनापछि चलचित्र निर्माता संघको नव निर्वाचित कार्यसमितिले पुर्णता पाएको छ । शुक्रबार संघको कार्यसमितिले तीन जना निर्मातालाई नियुक्त गरेपछि संघले पुर्णता पाएको हो । वरिष्ट उपाध्यक्षमा केशव भट्टराई मनोनित भएका छन् भने पछिल्लो पटक संशोधित विधान अनुसार उपाध्यक्ष मनोनित हुँदा दुई सदस्य पदमा विकासराज आचार्य र निश्चल बस्नेत अटाएका छन् ।

उपाध्यक्षमा मनोनित भट्टराइले निर्माताको हकहितका लागि आफु तन मनले लागि पर्दै आईरहेको र निरन्तर लागिपर्ने बताए । उनले आफ्नो कार्यकाल रहेसम्म सबै निर्माताको हक हितमा उभिने भन्दै आफ्नो अनुभवलाई निर्माता संघलाई प्रभावकारी बनाउन प्रयोग गर्ने बताए ।

संघमा यसअघि एक दुई जनामात्र उपाध्यक्ष रहने व्यवस्था थियो भने कार्य समिति सदस्यमा पनि ११ जना सदस्य रहने व्यवस्था थियो । जसमध्ये ९ जना चुनावबाट र दुई जना कार्यसमितिले छनोट गर्ने व्यवस्था थियो । नयाँ संशोधन अनुसार १२ जना चुनावबाट र २ जना मनोनयनबाट कार्यसमितिमा छनोट हुनेछन् । योसँगै निर्माता संघ २१ सदस्यीय कार्यसमितिमा रुपान्तरण भएको छ ।

LIVE TV