२५ कार्तिक २०७४, शनिबार

एजेन्सी ।सामाजिक सञ्जालहरु मध्ये इन्स्टाग्राम पनि एक हो। यसले युवाहरूको मानसिक स्वास्थ्यमा सबैभन्दा खराब असर पार्ने मिडिया प्लेटफर्म भएको निष्कर्ष बेलायतमा गरिएको एउटा सर्वेक्षणले  निकालेको छ ।

सहभागीहरूलाई पाँच लोकप्रिय सामाजिक सञ्जालका विकल्प दिइएका थिए । उनीहरूले ती सञ्जाल प्रयोग गर्दा हुने व्यग्रता, डिप्रेसन, एक्लोपन, अरुलाई खसाल्ने र ‘बडी इमेज’का आधारमा अंक दिन भनिएको थियो ।

 

विश्वभर नै करिब ९० प्रतिशत युवा सामाजिक सञ्जाल उपयोग गर्छन्, त्यसैले सबैभन्दा धेरै जोखिम पनि युवाहरूलाई नै र, यसबाट  धेरै नकारात्मक प्रभाव पनि युवाहरूमाथि नै परेका छन्  ।

सर्वेक्षणको परिणाम मध्यनजर गरी मानसिक स्वास्थ्यको क्षेत्रमा कार्यरत बेलायती संस्था द रोयल सोसाइटी फर पब्लिक हेल्थ (आरएसपिएच)ले सामाजिक सञ्जालका प्रयोगकर्ता विशेषगरी युवालाई यस्ता ‘कन्टेन्ट’बाट जोगाउन आह्वान गरेको छ ।

आरएसपिएचले सावधानीका लागि मानसिक समस्याग्रस्त युवाको पहिचान यस्ता सामाजिक सञ्जालले गर्नुपर्ने बताएको छ । उसले आफ्नो प्रतिवेदनमा सामाजिक सञ्जालले युवाहरूमा गम्भीर मानसिक समस्या सिर्जना गरिरहेको हुनसक्ने चेतावनी पनि दिएको छ ।

 सामाजिक सञ्जालमध्ये सबैभन्दा सकारात्मक युट्युब

अनलाइन गरिएको सर्वेक्षणमा सहभागीहरूसँग फेसबुक, ट्विटर, युट्युब, इन्स्टाग्राम र स्न्यापच्याटबाट पर्ने मानसिक असरबारे सोधिएको थियो । पाँचै सामाजिक सञ्जालबारे सर्वसाधारणको स्वास्थ्यसँग जोडिएका १४ प्रश्नमा अंक÷स्कोर दिनुपर्ने थियो ।

यसमा युट्युबलाई सामाजिक सञ्जालमध्ये सबैभन्दा सकारात्मक असर पार्ने मानिएको थियो । फेसबुकपछि ट्विटर र फेसबुकले स्कोर पाएका थिए ।
आरएसपिएचमा आबद्ध शर्ली क्रेमर भन्छिन्, ‘इन्स्टाग्राम र स्न्यापच्याटलाई सबैभन्दा खराब मानिनु रोचक रह्यो । दुवै सञ्जाल तस्बिर केन्द्रित भएकाले दुवैले युवाहरूलाई अक्षम र व्यग्र बनाइरहेको हुनसक्छ ।’

स्रोत : बिबिसी

LIVE TV