
- सरद राई,
एजेन्सी । बलिउडका मेघास्टार अमिताभ बच्चन सोसल मिडियाहरुमा निकै एकिटभ छन् । उनै अमिताभको यस्तो एउटा रमाइलो क्रियाकलाप बाहिर आएको छ । उनले सामाजिक सञ्जाल ट्विटरमा आफ्नो सबै परिवारको तस्विरहरु सेयर गरे । तर, आफ्नै बुहारी ऐश्वर्य र नातिनी आराध्याको तस्विर चाँहि सेयर गरेनन् । उनले आफ्नो सबै परिवारका सदस्याहरुको तस्विर सेयर गरेर माया दर्शाए पनि आफ्नै नातिनी र बुहारीलाई भने बिर्सेका छन् ।
श्निबार बिहानै अमिताभले आफ्नो ट्विटर अकाउन्टमा छोरा अभिषेक र छोरी स्वेता नन्दाको एउटा तस्विर सेयर गर्दै लेखेका छन्, ‘मेरो सर्वप्रथम..मेरो अनमोल..मेरो सबै!!
त्यसपछि उनले छोरी स्वेता नन्दा र श्रीमती जया बच्चनको तस्विर सेयर गरे । तर, यी दुवै तस्विरमा बुहारी ऐश्वर्य र नातिनी आराध्याको अनुहार देखिएनन् । केहि दिन अघि अमिताभको ट्विटर अकाउन्टमा ३१ मिलियन फलोअर्स पुगिसकेको छ ।
अहिले उनी ‘कौन बनेगा करोडपति’को सिजन ९ बाट फ्रि भएका छन् ।
त्यसोत, अहिले उनि आफ्नो परिवारहरुको साथमा समय बिताई रहेका छन् । साथै उनले अर्को अभिनेता अमिर खानको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को शुटिङ पनि गरिरहेका छन् ।