२५ कार्तिक २०७४, शनिबार

काठमाडौं– चुनाब नजिकिंदै गर्दा पछिल्लो समय सुरछ्यालाई तरंगित बनाउने गतिबिधि सिर्जना भएको छ ,माओबादी नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको २४ घण्टा हुन नपाउँदै रोल्पामा फेरी माओवादी नेता वर्षमान पुन चढेको गाडीमा माइन बिस्फोट भएको छ । घटनामा विप्लव कार्यकर्ताको संलग्नता रहेको बुझिएको छ । बाटोमा ओछ्याएको माइन विस्फोट भएको हो ।

रोल्पाको माडीगाउँपालिका– १ स्थिति भिट्टाबाङमा माओवादी नेता वर्षमान पुन अनन्त चढेको गाडीमा माइन बिस्फोट भएको हो यद्यपी ेगाडीमा क्षती पुगेपनि पुन सकुशल रहेको जानकारीमा आएको छ ।

 

LIVE TV