२५ कार्तिक २०७४, शनिबार

यतिबेला ‘फाटेको जुत्ता’का निर्माता अर्जुन कुमार र नायिका प्रियंका कार्की बीच वाक युद्ध चलेको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्रको प्रूचार प्रसारमा नसघाएको भन्दै ‘फाटेको जुत्ता’का निर्माता अर्जुन कुमारले बिहीवार प्रियंकामाथी आक्रोस पोखे ।

 

फाटेको जुत्ता २ घोषणा गर्दै उनले भने, ‘सायद यो फिल्मबाट उनलाई फाइदा पुग्दैन भनेर पब्लिसिटीमा नहिँडेकी होलिन् । तर, म उनलाई फिल्मको सफलताको श्रेय दिन चाहन्छु ।’

यता एक पछि अर्को गर्दै हातमा आईरहेको फिल्म शुटीङमा ब्यस्त नायीका प्रियंका कार्की विरगञ्जबाट शत्रु गतेुको छायांकन सकाएर फिल्म ुह्याप्पी डेजुको प्रिमियरका लागि लन्डन प्रस्थान गर्र्दै थिइन् प्रियंकाले भनिन्, ‘अर्जुन दाईले ममाथि जे आरोप लगाउनु भयो त्यो मलाई चित्त बुझेन । म रहरले फाटेको जुत्ताुको प्रचारमा नहिँडेको होइन । म शत्रु गतेु फिल्मको छायांकनका लागि विरगञ्जमा थिएँ ।’ फाटेको जुत्ताुको प्रचारमा मैले मेरो तर्फबाट गर्न सक्ने सबै सहयोग गरेको छु । खुसी लाग्यो फाटेको जुत्ता २ बन्न लागेको खबर सुन्न पाउँदा । यो फिल्म पनि हिट होस्, शुभकामना ।’

आक्रोश स्वरुप फिल्म प्रचारमा साथ नदिएको भन्दै निर्माता अर्जुन कुमारले फाटेको जुत्ता २ मा प्रियंकालाई नायीकामा नलीई सौगात मल्ललाई भने निरन्तरता दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV