२५ कार्तिक २०७४, शनिबार

सुर्खेतबाट दैलेख सदरमुकाम जाँदै गरेको बा ४ ख ५०१० नम्बरको हाइबस दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएको दैलेख प्रहरीले जनाएको छ ।

सुर्खेतबाट दैलेखका लागि प्रस्थान गरेको बस दैलेखको गुराँस गाउँपालिका सियाकोट ४मा दुर्घटना भएको थियो । दुर्घटनामा परि ३ जनाको मृत्यु भएको र घाइते १३ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । अनियन्त्रित भएर दुर्घटना भएको हाइबस सडक भन्दा १०० मिटर तल खसेको थियो । मृत्यु हुनेहरु सबैको सनाखत भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा विरेन्द्र नगर नगरपालिका ९ लाठीकोइली बस्ने ३२ वर्षीय पारस तिवारी, नौमुले गाउँपालिका ५ बस्ने ५५ वर्षीय रन्त बहादुर सिन्जाली मगरको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । त्यसैगरि मृत्यु हुनेमा नौमुले गाउँपालिका बस्ने ५४ वर्षीया जस्सी राना रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा १० वर्षीय बालक गोविन्द तिवारी भने गम्भीर घाइते भएको थप उपचारका लागि कोहलपुर अस्पताल लगिएको घटनामा खटिएका प्रहरी प्रकाश डुल्लुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV