२५ कार्तिक २०७४, शनिबार

 

खुरहुरीया(सप्तरी)- नेपाली कांग्रेसले सप्तरीको विद्यालय प्रांगणमा चुनावी सभा तथा भोज गरेको छ। कांग्रेस निर्वाचन क्षेत्र नम्बर दुईले जिल्लाको पश्चिमी भेगका दुई विद्यालयहरुमा ‘विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’को आयोजना गरेको हो। निर्वाचन आचार संहिताले विद्यालयमा चुनावी सभालाई प्रतिवन्धित गरेको छ । यद्यपी वर्तमान सरकारका पर्यटनमन्त्री जीतेन्द्रनारायण देवको समेतको उपस्थितीमा उक्त चुनावी सभाहरु आयोजना भएका हुन्।

 

जिल्लाको डाक्नेश्वरी नगरपालिका अन्तर्गत पर्ने साविकको पत्थरगाडा गाविस स्थित राष्ट्रिय प्राथमिक विद्यालय सखुवा तथा विष्णुपुर गाउँपालिकाको खुरहुरीया स्थित जनता माविमा नेपाली कांग्रेसले आयोजना गरेको चुनावी सभा तथा पार्टी प्रवेश कार्यक्रमका कारण विद्यालयको पठन पाठन समेत प्रभावित हुन पुगेको थियो। उक्त दुवै कार्यक्रममा वर्तमान सरकारका नागरिक उड्डयन तथा पर्यटन मन्त्री जितेन्द्रनारायण देव प्रमुख अतिथीको रुपमा नव प्रवेशिहरुलाई अविर लगाउँदै पार्टीमा स्वागत गरेका थिए।,खबर नागरिक  दैनिक बाट लियिएको हो ।

आयोजकहरुले शुक्रवार रहेका कारण विद्यालय बन्द भएपछि दिउँसोबाट आफुहरुले कार्यक्रम आयोजना गरेको बताउँदै आएका छन् । यद्यपी राप्रावि सखुवामा भने दिउँसो १२ बजे अघि देखिनै कार्यक्रम सञ्चालनमा रहेको थियो । यता खुरहुरीया स्थित जनता माविमा समेत कांग्रेसको कार्यक्रमकै कारण निर्धारित समय भन्दा एक घण्टी अगाडीनै विद्यालयमा छुट्टि गर्नुपरेको स्थानीय शिक्षक महिनारायण यादवले जानकारी गराए। ‘प्रत्येक शुक्रवार हामि पाँछ घण्टी पढाउने गर्दछौ, तर आज ४ घण्टी मात्रै पठन पाठन हुन सक्यो’, शिक्षक यादवले भने।

प्रतिक्रिया दिनुहोस्
LIVE TV