२४ कार्तिक २०७४, शुक्रबार

वाम गठबन्धनले काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा आजदेखि प्रचार अभियान शुरु गरेको छ । स्थानीय डल्लुमा वाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं ८ ले आयोजना गरेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संयुक्त कार्यकर्ता भेलाको एमाले उपाध्यक्ष तथा प्रदेशसभाका उम्मेदवार अष्टलक्ष्मी शाक्यले उद्घाटन गर्दै प्रचार अभियान शुरु गरिएको हो । सो अवसरमा नेत्री शाक्यले उहाँले देश र जनतालाई स्वाधीन बनाई स्थिरता, विकास र समृद्धिका दिन वाम गठबन्धन बनाइएको बताउनुभयो ।

कार्यक्रममा क्षेत्र नं ८ प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा एमाले केन्द्रीय सदस्य जीवनराम श्रेष्ठले वाम गठबन्धनले काठमाडौँमा नयाँ इतिहास रच्ने जिकिर गर्नुभयो । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य सरिता महर्जनले वाम गठबन्धन चुनावका लागि मात्र नभई दुई पार्टीको एकीकरणका लागि भएको बताउनुभयो ।

कार्यक्रममा क्षेत्र नं ८ क प्रदेशसभाका उम्मेदवार राजेश शाक्यले आफूहरु जनताको चाहनानुसार विकास र समृद्धिको योजनासहित चुनावमा होमिएको बताउनुभयो । उक्त निर्वाचन क्षेत्रमा एमाले उपाध्यक्ष शाक्य प्रदेश ‘ख’ बाट उम्मेदवार बन्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV