२४ कार्तिक २०७४, शुक्रबार

सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टले आपूmले शुरु गरेका विकास निर्माणका कामलाई तीव्रता र पूर्णता दिने जिम्मेवारी सुम्पन मतदाताहरुलाई आग्रह गर्नुभएको छ ।

प्रदेशसभा अन्तर्गत निर्वाचन क्षेत्र नं. २ ‘ख’ का उम्मेदवार बन्नुभएका विष्टले आज सुर्खेतको बेतानमा भएको चुनावीसभालाई सम्बोधन गर्दै यसअघि निर्वाचन क्षेत्र नं ३ बाट सांसद जितेर राज्यमन्त्री बन्नुभएका विष्टले पश्चिम सुर्खेतमा पूर्वाधार विकासलगायतका थुप्रै कामलाई आपूmले पहिलो प्राथमिकतामा राखेको जानकारी दिनुभयो ।

“चुनाव जितेर यस क्षेत्रमा थुप्रै विकास निर्माणका कामहरु गरेका छाँै’ उहाँले भन्नुभयोे, ‘यसलाई पूर्णता दिनका लागि कांग्रेस नेतृत्वलाई जिम्मेवारी सुम्पनुपर्छ ।”

पूर्व मन्त्री हृदयराम थानीले कांग्रेसले जिते अढाई वर्षमै जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

सुर्खेत क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहनुभएका थानीले विकास निर्माणलाई कांग्रेसले जहिलेपनि उच्च प्राथमिकतामा राखेको दाबी गर्नुभयो ।

यसैगरी, पूर्वमन्त्री शिवराज जोशीले अबको चुनाव लोकतान्त्रिक शासन र एकदलीय कम्युनिष्ट शासन व्यवस्था बीचको जनमत संग्रह भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV