२४ कार्तिक २०७४, शुक्रबार

काठमाडौं । फिल्म ‘ड्रिम गर्ल’ निर्माणको घोषणा भएको छ । प्रेमकथामा आधारित रहेर तयार हुन लागेको यो फिलमलाई ऋषिराज आचार्यले निर्देशन गर्दैछन् । आर.बी. मुविजको ब्यानरमा रील एन्ड रीयल सिनेमासँगको सहकार्यमा यो फिल्मलाई अर्जुन शर्मा र निर्देशक ऋषिराज आचार्यले निर्माण गर्न लागेका हुन् ।

फिल्मको शिर्ष भूमिकामा आश्मा गिरीले काम गर्दैछिन् । फिल्म ‘रानी महल’मा अनुवन्धित भएपनि यो फिल्मको छायांकन सुरु नभएपछि आश्माले ‘ड्रिम गर्ल’मा काम गर्न लागेकी हुन् । यो फिलमको छायांकन रारा ताल, मुस्ताङ, दुबई र कतारमा हुने निर्माणपक्षले जानकारी गराएका छन् ।

फिल्ममा आश्माको जोडीको रुपमा आकाश श्रेष्ठ देखिदैछन् । साथै फिल्ममा विल्सन विक्रम राई, सरोज खनाल, लक्ष्मी गिरी, रुप सुवेदी, अर्जुन श्रेष्ठ लगायतका कलाकारहरु मुख्य भूमिका रहनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV