२४ कार्तिक २०७४, शुक्रबार

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घरदैलो अभियान सुरू गरेका छन् । चितवन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार, अध्यक्ष दाहाललाई घरदैलो कार्यक्रममा स्वागत गर्दै मतदाताले विकासको अपेक्षा गर्दै छिट्टै प्रतिबद्धताहरू पूरा गर्न आग्रह गरेका थिए ।

शुक्रबार बिहान भरतपुरको पासरनगरबाट घरदैलो अभियान सुरु गरेका प्रचण्डलार्इ स्थानीय मतदाताले भत्किएको बाटो देखाउँदै छिट्टै बनाइदिन आग्रह गरे।

घरदैलोका क्रममा अधिकांश मतदाताले बाटोघाटोको व्यवस्थापन र विकास गर्न आग्रह गरेका थिए । घरदैलोमा आइपुगेका दाहाललाई स्वागत गर्दै मतदाता सरस्वती पौडेलले घर अगाडिको भत्किएको बाटो देखाउँदै, छिट्टै बनाउन आग्रह गरिन् ।

घरदैलोका क्रममा प्रचण्डलाई स्थानीय अर्का मतदाता कृष्ण सापकोटाले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गरे । घरदैलोका क्रममा अध्यक्ष प्रचण्डले जनताले विकास चाहेको भन्दै त्यसैले आम समुदायको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

मतदाताहरूसँगको भेटघाटकै क्रममा प्रचण्डले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताए ।

आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्दै उनले भने (“यसैका लागि नै वाम गठबन्धन गरिएको हो ।”

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV