२४ कार्तिक २०७४, शुक्रबार

नेपालगञ्ज । अज्ञात समूहले चुनावको मुखमा कोहलपुरमा राप्ती–सोनारी गाउँपालिका–९ का वडाध्यक्ष महाबीर ओलीलाई लक्षित गरी गोली प्रहार गरेको छ । निर्माण व्यावसायी समेत रहेका ओलीमाथि विहीबार राती घरमै गोली प्रहार भएको प्रहरीले जनाएको छ । अज्ञात समूहले उनीमाथि भौतिक आक्रमण गरी गोली प्रहार गरेको थियो ।

पीडित ओलीले मिस फायर भएका कारण आफूलाई गोली नलागेको र बाँच्न सफल भएको बताए । घटना स्थलबाट स्थानीयले पेस्तोलको गोली फेला पारेर प्रहरीलाई बुझाएका छन् । घटनास्थल इलाका प्रहरी कार्यालय कोहलपुरबाट एक सय मिटरको दुरीमा छ ।

आक्रमण पछि घटनामा संलग्नहरू मोटरसाइलक चढेर भागेको ओलीले बताए । गोली प्रहारबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV