२४ कार्तिक २०७४, शुक्रबार

हरिशजङ्ग क्षेत्री

काठमाडौ । नाइँ न भन्नू ल ४ बाट सफल जोडीको रूपमा हेरिएका नायक पल शाह र आचँल शर्मा बिच फाटो आएको छ ।

प्रेमिका आचँलले प्रेमी पलले आफ्नो चाहेको कुरा पूरा नगरेको भन्दै सधैंका लागी उनलाई गुड बाई नोटिस लेखेर छोडेर गएकी छिन ।

पल र आचँलको जोडीलाई चलचित्रको प्रर्दामा, म्युजिक भिडियोहरुमा आम दर्शकहरुले औधी मन पराएका थिए ।
यसपटक पनि पल र आचँल जोडी भएर अभिनय गरेको नयाँ म्युजिक भिडियोमा सार्वजनिक भएको गितको भिडियोमा नै उनीहरुको सम्बन्धमा फाटो आएको हो । अझ प्रष्ट रूपमा भन्नू प्रर्दा रियल लाईफमा नभै रिल लाईफमा उनीहरुको सम्बन्धमा फाटो आएको हो ।

युवराज चौलागाईंको सुमधुर आवाजमा रहेको तिम्रो माया पाउन बोलको गितमा फेरि एक पटक पल र आचँल जोडीको रूपमा देखिएका हुन ।

चन्द्र ज्योति आले मगरले लेखेको गितलाई राजन ईसानले एरेन्जिङ्ग गरेका हुन, भने चर्चित संगीतकार राजकुमार बगरले संगीत दिएका छन् ।

पल शाह आफैं निर्देशन गरेको म्युजिक भिडियोलाई अनिल कुमार माहान्धरले छायांकन गरेका हुन् भने भिडियोलाई सिलन लम्सालले मिक्सिङ्ग गरेका छन् ।भिडियोमा पल शाह आफैंले र आचँल शर्माले अभिनय गरेका छन् ।

LIVE TV