२४ कार्तिक २०७४, शुक्रबार

१८ दिन अगाडिसम्म राजपाको एउटै कमिटीमा रहेका महेन्द्र राय यादव र जंगीलाल राय आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन् ।महेन्द्र राजपा अध्यक्षमण्डलका नेता हुन् भने जंगीलाल महासचिव ।

अहिले महेन्द्र राजपाबाटै सर्लाही २ मा उम्मेदवार छन् भने जंगीलाल कांग्रेसबाट चुनाव लड्दैछन् ।

‘हामी दुईबीचको सम्बन्ध राजनीतिक मात्रै हो, व्यक्तिगत होइन,’ बिहीबार सर्लाहीको हरिपूर्वा नगरपालिका–३ पुगेका जंगीलालले अन्नपूर्णसँग टेलिफोनमा भने, ‘राजनीतिमा योसँग चुनाव लड्ने, योसँग नलड्ने भन्ने हुँदैन । जो अगाडि आउँछ, उसैसँग प्रतिस्पर्धा हुन्छ । अहिले महेन्द्रजीसँग हुँदै छ ।’

जंगीलालले कात्तिक ६ गते कांग्रेस प्रवेश गरेर टिकट लिएका हुन् । हुन त यी दुई नेता सात महिना मात्रै (वैशाखयता मात्रै) एउटै पार्टीमा रहे ।

त्यसअगाडि महेन्द्र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष थिए भने जंगीलाल महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री ।
०७० को दोस्रो संविधानसभा निर्वाचनमा महेन्द्र सर्लाही ४ बाट र जंगीलाल ५ बाट निर्वाचित भएका थिए ।

क्षेत्र निर्धारण गर्दा सर्लाहीमा चारवटा मात्रै निर्वाचन क्षेत्र भएपछि यी दुई नेता एकै ठाउँबाट प्रतिस्पर्धामा उत्रेका हुन् ।

यो खबर आजकोअन्नपुर्ण पोष्टले लेखेको छ , ‘राजनीतिमा योसँग चुनाव लड्ने, योसँग नलड्ने भन्ने हुँदैन । जो अगाडि आउँछ, उसैसँग प्रतिस्पर्धा हुन्छ ।’ जंगीलाल राय, कांग्रेस उम्मेदवार, सर्लाही-२

प्रतिक्रिया दिनुहोस्
LIVE TV