२३ कार्तिक २०७४, बिहीबार

मोरङ । आगामी मंसिर महिनामा हुने निर्वाचनलाई ध्यानमा राखेर मोरङको सीमा क्षेत्रमा कुकुर प्रयोग गरेर सवारी साधन चेक जाँच गर्न थालिएको छ ।

मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि मोरङमा सुरक्षा सतर्कता बढाइएकोे छ । निर्वाचनलाई प्रभावित पार्न करिब ६३ किलोमिटर खुला सीमाको फाइदा उठाउदै अवैध हातहतियार तस्करी हुन सक्ने र अवाञ्छित गतिविधि बढ्न सक्ने भएकाले सुरक्षा सतर्कता बढाइएको वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक सुरेन्द्र सिटौलाले जानकारी दिनुभयो ।

निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन विदेशी सवारी साधनको चेकजाँचमा पनि कडाई गर्न थालिएको छ । उम्मेदवारहरुले निर्वाचनमा भारतीय सवारी साधनहरुको उपयोग बढाएपछि बिल बुक, अनुमति पत्र र लाइसेन्स चेकजाँच थालिएको मोरङ प्रहरीले जनाएको छ । मोरङमा ६ प्रतिनिधि सभा र १२ प्रदेश सभा पदका लागि १ सय ६९ जनाले उम्मेदवारी दिएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV