२३ कार्तिक २०७४, बिहीबार

आपूर्तिमन्त्री जयन्तबहादुर चन्दले निर्धक्कसँग मतदानमा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएको छ ।

चुनावी प्रचारप्रसारका लागि गृह जिल्ला बैतडी आउनुभएका मन्त्री चन्दले सिगास गाउँपालिकामा लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै लोकतन्त्रको रक्षा गर्न लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

बैतडीमा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि कांग्रेस नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द उम्मेदवार बन्नुभएको छ भने प्रदेशसभाका लागि बैतडी कमा नेपाली कांग्रेसका हरिमोहन भण्डारी र खमा राप्रपाका गणेश चन्द चुनावी मैदानमा हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV