२३ कार्तिक २०७४, बिहीबार

रुपन्देही । रुपन्देहीको विकासमा पछि परेकोले अबका उमेदवारले विकास निर्माण, लुम्बिनीको प्रचार प्रसार तथा आन्तरिक र बाह्य पर्यटनमा बृद्धि हुने खालका विकासे योजना ल्याउनुपर्ने बताएका छन् । विगतमा जस्ले जितेपनि रुपन्देहीको विकासमा उदासिनता देखाएकोले अब पनि त्यही प्रवृति नदोहो¥याउन स्थानीयहरुले उम्मेद्वार बनेकाहरुलाई चेतावनी दिएका छन् ।

रुपन्देहीको भैरहवा हरेक पक्षमा सम्भावना भएको जिल्लाको सदरमुकाम भएपनि विकासमा वुटवल भन्दा निकै पछि परेकाले अब भैरहवाको मुहार फेर्ने खालको उमेदवारले निर्वाचन जित्नु पर्ने मतदाताहरुको धारणा छ । जुनसुकै उमेदवारले निर्वाचन जितेपनि विकास निर्माण गर्ने , स्वरोजगारको अवसर सिर्जना गर्ने, गाउँगाउँमा अस्पताल संचालन तथा यातायातको पहँुच बृद्धि गर्नेलाई प्राथमिकता दिने मतदाताहरुको भनाई छ ।

बिगतमा जित्नेहरु आफ्नो स्वार्थमा केन्द्रित भएको समेत उनीहरुको आरोप छ । रुपन्देहीमा प्रदेससभा र प्रतिनिधिसभा निर्वाचनमा पुरानै उम्मेद्वारहरुको बर्चश्व रहेको देखिन्छ । रुपन्देही आर्थिक सांस्कृतिक विविधताले भरिएको जिल्ला भएकाले यसमा राजनीतिक इच्छाशक्तिको अभाव देखिएको विश्लेषण हुने गरेको छ ।

रुपन्देही जिल्लामा ५ प्रदेससभा तथा १० वटा प्रतिनिधि सभा स्थान रहेका छन् । निर्वाचनकालागि जिल्लामा २०८ वटा मतदान स्थलमा ५ सय ९८ वटा मतदान केन्द्र तोकिएको छ । रुपन्देहीमा ५ लाख २२ हजार ६ सय २ मतदाता सङख्या हरेका छन ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV