२३ कार्तिक २०७४, बिहीबार

कञ्चनपुर । विगत १८ वर्ष देखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थल सञ्चालनको माग गर्दै कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख समक्ष ज्ञापनपत्र बुझाईएको छ । विमानस्थल भएपनि प्रयोगविहीन बनाइएको भन्दै उनीहरुले विमानस्थल सञ्चालनको माग गरेका हुन् ।

कञ्चनपुरका स्थानीयवासीद्धारा दवाव समुह गठन गरी कञ्चनपुरको मझगाउँमा रहेको विमानस्थल सञ्चालनमा ल्याउनु पर्ने भन्दै दवाब समुहले ¥यालीसहित बजार परिक्रमा गरी भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्ट समक्ष ज्ञापन ज्ञापनपत्र बुझाएको हो । उनीहरुले महेन्द्रनगर झोलुंगे सडक कालोपत्रेको समेत माग गरेका छन् ।

दबाब समुहले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र सडक निर्माणका लागि भन्दै डिभिजन सडक कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छन ।
विमानस्थल सञ्चालनले सुदुरपश्चिमको पर्यटनलाइ फाइदा पुग्ने र आवागमन पनि सहज हुने भन्दै जिल्लामा विमानस्थल हुँदाहुँदै पनि कञचनपुरका आधा भन्दा बढी हवाइ यात्रु डेढ घण्टाको सडक यात्रा हुदै धनगढी जानुपर्ने बाध्यता रहेको उनीहरुको गुनासो छ ।

ज्ञापनपत्र बुझ्दै भीमदत्त नगरपालीकाका प्रमुख सुरेन्द्र बिष्टले विमानस्थल सञ्चालनको माग जायज भएको भन्दै आफ्नो तर्फबाट हुन सक्ने सहयोगको लागि सदैव तत्पर रहेको प्रतिवद्धता व्यतm गर्नु भयो ।

विमानस्थल संचालनमा आफुहरु प्रतिबद्ध रहेको भन्दै यसका लागि सरकारलाई पनि आग्रह गर्ने उहाँको भनाई थियो । दबाब समुहले जिल्ला प्रशासन कार्यालयको समेत ध्यानाकर्षण गराएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV