२३ कार्तिक २०७४, बिहीबार

काभ्रेपलाञ्चोक । बुधबार विहानै सामाजिक सञ्जालमा भेटिएको यो दृष्य । यो दुखद सडक दुर्घटना र विभत्स दृष्यले जो कोहीलाई जिरिङ्ग बनाउँछ । बुधबार विहानै एक ट्रिपरले सडकमा बाटो काट्दै गरेका एक नावालकलाई सडकमै क्षतविक्षत अबस्थामा किचेर मारिदियो । ट्रिपरचालकको दादगीरीका कारण ३ बर्षिय यी नावालकले अनाहकमै ज्यान गुमाएका छन् ।
काभ्रेपलाञ्चोकको दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको टिपरले तामाघाटमा ठक्कर दिँदा तीनवर्षीय नाबालक रामबहादुर कुँवरको मृत्यु भएको हो । र बुधबार यहाँको अबस्था निकै तनावपूर्ण भयो ।

दोलालघाटबाट क्रसर बोकेर आउँदै गरेको बा ४ ख ३२६८ नम्बरको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलले जनाएको छ ।

ट्रिपरको दादगीरी र गम्भिर लापरबाहीको कारण नावालकको ज्यान गएपछि यतिखेर परिवारमा कोलाहल मच्चिएको छ । आफ्नो नावालक सन्तानले अनाहकमा ज्यान गुमाउनुपर्दा सहिसाध्य छैन पिडा , कँुवर परिवारलाई ।

दुर्घटना लगतै प्रहरीले दुर्घटनामा संलग्न ट्रिपर र ट्रिपरका चालक रोशन माझिलाई नियन्त्रणमा लिएको छ । चालकको गम्भिर लापरबाहीका कारण घटना घटेको भन्दै पिडित आफन्त र स्थानीय आक्रोसित बनेका छन् ।

घटनामा चालक माझिको गम्भीर लापरबाही देखिएको छ ।

LIVE TV