२३ कार्तिक २०७४, बिहीबार

कबिन्द्र शेर्मा

प्रतिनिधि तथा प्रदेशसभाको आसन्न निर्वाचनलाई प्रभाव पार्ने गरि गतिविधि गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पाँचथरले दुई जनालाई पक्राउ गरि हिरासतमा राखेको छ ।

प्रहरीले पाँचथरको फालगुनन्द गाउँपालिका वडा २ का एनिसा नेम्बाङ् र हिलिहाङ वडा २ का डिल्लीराम कटुवाललाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको भन्दै दुई जनालाई पक्राउ गरेको पुष्टि गर्नुभयो ।

पाँचथरको सदरमुकाम फिदिम नगरपालिका बडा २ स्थित मुस्कान चोक नजिक सर्वसाधारणाई आतंकित पार्ने गरी राखिएको अवस्थामा बुधबार बम फेला पारिएको थियो । उक्त कार्यमा संलग्न रहेको आशंकामा एनिसा नेम्बाङ्लाई बुधबार नै नियन्त्रणमा लिएको थियो भने निर्बाचनलाई प्रभाव पारेको भन्दै डिल्लीराम कटुवाललाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV